समानुपातिकमा ११० सिटकाे लागि ३४२४ उमेदवारकाे नाम दर्ता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यकाे निर्वाचनको लागि समानुपातिक प्रणालीकाे कुल ११० सिटका लागि ३४२४ जनाकाे मनाेनयन परेको छ ।
निर्वाचन आयाेगले दलहरूलाई समानुपातिक उमेदवारकाे सुची बुझाउन दिएकाे अन्तिम समयसिमा साेमबार सम्म ६४ दलले साे संख्यामा उमेदवारकाे बन्द सुची बुझाएका हुन् ।
ठूला दलहरूले ११० सिटमै दावी गरेर नाम बुझाएका छन् भने साना दलहरूले न्युनतम ११ जना नघट्नेगरी बढाएर सुची बुझाएका छन् ।




