दलहरूले बुझाए समानुपातिक बन्दसुची, आायाेगकाे निर्णयले भयाे सहज, राति अबेरसम्म पनि दाैडधुप
फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनकाे लागि समानुपातिक निर्वाचन प्रणाली अन्तरगत बन्द सुची बुझाउने अन्तिम समय सकिएको छ ।
अन्तिम दिन साेमबार ४ बजेसम्म समयावधि ताेकिएकाे भएतापनि बेलुकासम्म राती अबेरसम्म पनि निर्वाचन आयाेग परिसरमा दलका नेताहरूकाे दाैडधुप देखिन्थ्यो ।
निर्वाचन आयोगले रसिद काटिसकेका र आयोग परिसरमा प्रवेश गरिसकेका दलहरूलाई समयावधि सकिएपछि पनि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न दिने स्पष्ट पारेको थियाे ।
आयोगका पदाधिकारीहरूको अनौपचारिक बैठकले रसिद काटिसकेका र बन्दसूची बुझाउन आएका दलहरूलाई कार्यालय समय सकिएकै कारण निषेध गर्न नहुने निष्कर्षसहित बन्दसूची पेस गर्न निर्णय गरेको हो ।
दलका प्रतिनिधीहरू निर्वाचन आयोग परिसरभित्र रसिद बोकेर बसिरहेको अवस्थामा उनीहरूलाई निषेध गर्न नहुने भन्दै मंगलबार बिहानसम्म भए पनि सूची दर्ताको अवसर दिने तयारी गरेको हो । त्यसरी काम गर्दै जाँदा जतिबेला भए पनि लाइनमा रहेका प्रतिनिधिहरूलाई आयोगले मौका दिने भनेको हो ।




