म यसपटक चुनाव लड्दिनँ, युवाहरूलाई अगाडि बढाओैं- पम्फा भुसाल

मूलखबर संवाददाता
काठमाडौं, १३ पुस

नेपाली कम्युनिस्ट पार्टीका नेतृ तथा पुर्व मन्त्री पम्फा भुषालले आफु आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक कुनै पनि प्रक्रियाबाट उमेदवार नबन्ने घाेषणा गरेकी छिन् ।

पार्टीले प्रत्यक्ष र समानुपातिक निर्वाचन  प्रणालौबाट उमेदवार छनाैटकाे प्रक्रिया अगाडि बढाइरहेको बेला उनलेे सामाजिक सञ्जालबाट साे जानकारी दिएकी हुन् ।

उनलेे आफु यस अघि उपत्यकाबाट प्रत्यक्ष निर्वाचनमार्फत सांसद र मन्त्रीसमेत भएकाले यसपटक उमेदवाारनबन्ने घाेषणा गरेकी हुन् ।

उनलेे आफुलाई उमेदवार बनाउन सिफारिस गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । उनलेे  आफु निर्वाचन नलड्ने र निर्वाचन लडेका पार्टीका उमेदवारहरूलाई सहयाेग गर्ने बताएकी छिन् ।

यस्तो छ उनकाे भनाइ

फागुन २१ मा हुने निर्बाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिन । प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद !
तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेदवार हुँ । त्यसमाथि पनि काठमाडौं उपत्यका जस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलाम चीउरा चपाउनु जस्तै हो । आगामी निर्वाचनमा उठनेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन ।
यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु । म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु । अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।
यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन म सक्रिय भूमिका निर्वाह गर्नेछु । साथै, अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ । त्यसैले अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ ।