सीजी ब्रान्डको Dashai Tika Photo Share & Win Contest विजेतालाई नयाँ CG Meridia 43” 4K TV प्रदान

मूलखबर संवाददाता
काठमाडौं

सीजी ब्रान्डले ‘Dashai Tika Photo Share & Win Contest’ का विजेता बुढानिलकण्ठ निवासी श्रीमती सीता खनाल सापकोटालाई CG Meridia 43GTVU5 43” AI 4K Ultra HD टेलिभिजन प्रदान गरेको छ। यो टेलिभिजन हालै बजारमा सार्वजनिक गरिएको नवीनतम मोडल हो र AI फिचर तथा उच्च गुणस्तरीय 4K दृश्य अनुभव प्रदान गर्दछ।

उनको अनुसार “म साँच्चै खुशी छु कि म CG को दशैँ टिका ‘Photo Share and Win’ प्रतियोगितामा विजेता बनेँ। CG Meridia 43GTVU5 43” AI 4K Ultra HD Television जित्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ र यस सुन्दर अवसरका लागि म आभारी छु!”

प्रतियोगिताले दशैंको पारिवारिक खुसीका क्षणहरूलाई डिजिटल रूपमा साझा गर्ने अवसर प्रदान गरेको थियो र देशैभरि बाट सहभागीहरूले पठाएका टीका तस्बिरहरूले नेपाली संस्कृतिको आत्मीयता र एकताको सुन्दर झल्को प्रस्तुत गरेको थियो ।

विजेतालाई टेलिभिजन सीजी ब्रान्ड Home Appliances का प्रतिनिधि श्री भरत प्रसाद साह र श्री सज्ञान ढकालले हस्तान्तरण गर्नु भएको थियो।

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।
देशभर २० वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ।
यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।