इजरायलद्वारा गाजामा फेरि हमला, सय भन्दा बढीको मृत्यु
केही समय शान्त देखिएकाे मध्यपुर्वमा फेरि अशान्ति देखिएकाे छ । केही समय युद्वविराम भएको इजरायल प्यालेस्टाइनबीच फेरि युद्व शुरू भएको संकेत देखिएकाे छ ।
इजरायलले गाजामा गरेको हवाइ आक्रमणबाट सय बढि प्यालेस्टाइन नागरिकको ज्यान गएकाे छ । हमासका लडाकुले इजरायलकाे एक सैनिक मारेकाे बदलामा इजरायलले आक्रमण गरेको दावी गरेको छ ।
इसराइलको हवाई हमलाबाट गजामा एक सयजना भन्दा बढी मानिसको मृत्यु भएको छ।
बुधबार र बिहीबार इसराइलले गजा सिटी, खान युनिस, बेतलाहिया लगायत विभिन्न भूभागमा हवाई हमला गर्दा १०४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उत्तरी गजामा हमासले हतियार भण्डारण गरेको र त्यसलाई निस्तेज पार्नका लागि हवाई आक्रमण गरेको भनेको छ।
इसराइलले गजामा हमास लक्षित हवाई हमला गर्नुमा अर्को कारण पनि बताएको छ।
गजामा युद्धविराम घोषणा भएपछि इसराइली सेनाले गजा छाडेको छ। उनीहरूले सीमानामा नियन्त्रण रेखा कायम गरी त्यहाँबाटै गजामा भइरहेका क्रियाकलापहरू नियाल्दै आइरहेका छन्।
हमासका एक लडाकूले गोली हानेर एक इसराइली सैनिकको हत्या गरेकाले त्यसको जबाफमा हमासमाथि कारबाही गरेको आइडिएफले जनाएको छ।




