सानिमा बैंकको अध्यक्षमा पुनः तुकप्रसाद पौडेल नियुक्त

मूलखबर संवाददाता
काठमाडौं, ९ कात्तिक

सानिमा बैंकको अध्यक्षमा पुनः तुकप्रसाद पौडेल नियुक्त

काठमाडौँ, ९ कात्तिक । सानिमा बैंक लिमिटेडको अध्यक्षमा पुनः तुकप्रसाद पौडेल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले सर्वसम्मत रूपमा पौडेललाई अर्को कार्यकालका लागि अध्यक्ष पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

पौडेल विगत लामो समयदेखि सानिमा बैंकसँग आवद्ध रहँदै आएका अनुभवी बैंकिङ व्यवसायी हुन्। उनी बैंकको रणनीतिक विकास, सेवा विस्तार र सुशासन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका छन्। उनको नेतृत्वमा सानिमा बैंकले देशभर शाखा विस्तार, डिजिटल बैंकिङ सेवा प्रवर्द्धन र ग्राहकमैत्री वित्तीय सुविधा प्रदान गर्ने कार्यलाई प्राथमिकता दिँदै आएको छ।

यसअघि सम्पन्न कम्पनीको २१औँ वार्षिक साधारण सभाबाट तुकप्रसाद पौडेलसहित बलराम पराजुली र निशा कुम्पाख शुभालकमा निर्विरोध निर्वाचित भएका थिए। साधारण सभाले वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण र आगामी योजनासम्बन्धी प्रस्तावहरू पनि अनुमोदन गरेको थियो।

सानिमा बैंक नेपालकै अग्रणी निजी क्षेत्रको वाणिज्य बैंक हो, जसले देशभरका विभिन्न सहर तथा ग्रामीण क्षेत्रमा शाखा, एटीएम र डिजिटल प्लेटफर्ममार्फत वित्तीय सेवा उपलब्ध गराइरहेको छ। अध्यक्ष पौडेलले पुनः नियुक्तिपछि बैंकलाई अझ सुदृढ, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्।