लमजुङ छोटेखोलामा बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते (नामावली)

मूलखबर संवाददाता
लमजुङ, २९ भदाै

लमजुङको दोर्दी–६ ढुङगेखोला (छोटेखोला) सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
शनिबार बिहान करिब ९ः३० बजे ताजेबाट बेँसीशहरतर्फ आउँदै गरेको ग १ ज ७५५५ नम्बरको बोलेरो जिप अचानक ब्रेक फेल भई भित्तामा ठोकिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी टोली र स्थानीयवासीले घाइतेलाई उद्धार गरी प्रदेश अस्पताल लमजुङतर्फ पठाइएको छ। जिप चालकलाई नियन्त्रणमा लिइएको छ।
घाइतेको विवरण यसप्रकार छः
दोर्दी–६ बस्ने मैती कुमारी तामाङ (४४), टाउको र बायाँ हातमा चोट, अवस्था मध्यम।
दोर्दी–६ बस्ने लाल बहादुर तामाङ (५८), ढाड र बायाँ हातमा चोट, अवस्था मध्यम।
दोर्दी–६ बस्ने नबिन्द्र घले (२३), टाउको, ढाड र घाँटीमा चोट, अवस्था मध्यम।
दोर्दी–६ बस्ने घिसे लामा (२१), बायाँ हात र खुट्टामा चोट, अवस्था सामान्य।
दोर्दी–६ बस्ने हरीमाया तामाङ (३४), दायाँ हातमा चोट, अवस्था सामान्य।
दोर्दी–६ बस्ने खुसी माया घले (३०), दायाँ हातमा चोट, अवस्था सामान्य।
दोर्दी–६ बस्ने ठगम घले (४२), ढाडमा चोट, अवस्था सामान्य
प्रहरीका अनुसार घाइतेहरूमध्ये तीन जनाको अवस्था मध्यम र बाँकी चार जनाको अवस्था सामान्य रहेको छ।