प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिन भेट, भ्रमण आदानप्रदानबारे छलफल
प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच सोमबार साँझ चीन भेटवार्ता भएको छ ।
सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति पुटिनबीच सोमबार भेटवार्ता भएको हो ।
भेटवार्तामा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ । उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ ।




