सिन्धुपाल्चोकी गायीका गंगा साेनम बनिन् नेपाल आइडल

मूलखबर संवाददाता
काठमाडौं

सिन्धुपाल्चोकी गायीका गंगा साेनमले नेपाल आइडल’ सिजन ६ को उपाधि जितेकी छन्।

विजेता बनेसँगै गंगाले पुरस्कारस्वरूप उपाधि ट्रफी, नगद २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन्।

आइतबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले नेपाल आइडलकाे उपाधिकाे ताज पहिरिएकी हुन्। योसँगै नेपाल आइडल विजेता बन्ने दोस्रो महिला गंगा बनेकी छन्। यसअघि सिजन ३ मा सज्जा चाैलागाईँ पहिलो महिला विजेता बनेकी थिइन् ।

फिनालेमा उपाधिका लागि गंगासँगै अभिनय खाति (दार्जिलिङ), बबिता थापा मगर (सिक्किम), दर्शना गान्धारी (चितवन), मृनल मानन्धर (काठमाडौं) प्रतिस्पर्धामा थिए।