शेयरबजारका सुचक सबै बढे, नेप्से २७७७ अंकमा
आज शेयर बजारमा सुचक बढेपनि बजार अपेक्षित बढेन ।
मंगलबार सेयर बजारका सबै सूचक बढेर नेप्से बढेकाे थियाे । नेप्से सेन्सिटिभ सूचकसहित समूहगत सूचक बढेका छन् ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.५१ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७७७ अंकमा कायम भएको छ । हिजो बजार ९ अंक बढेको थियो । आज पछिल्लो १५ मिनेटको भारित औसत मूल्य गणनाअघि नेप्से ९ अंक बढेको थियो ।





