नेपाल विद्युत् प्राधिकरण निरन्तर घाटामा

मूलखबर संवाददाता
काठमाडौं, १ भदाै

नेपाल विद्युत् प्राधिकरण घाटामा गएकाे छ । प्राधिकरणकाे नेतृत्वमा रहेका कुलमान घिसिङलाइ गलहत्याएर हितेन्द्रदेव शाक्यलाइ ल्याएसँगै प्राधिकरण घाटामा पुगेकाे हाे ।

प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणअनुसार, आर्थिक वर्ष २०८१/८२ मा कर कट्टीअघिको नाफा ९ अर्ब ६ करोड रुपैयाँमात्रै छ । यो आर्थिक वर्ष २०८०/८१ को भन्दा ५ अर्ब ४० करोड कम हो । यो गत आर्थिक वर्षको तुलनामा ३७.३२ प्रतिशत कम हो ।

प्राधिकरण ०७३/७४ देखि निरन्तर नाफामा संस्था हो । जसअुनसार आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड नाफा थियो । आर्थिक वर्ष ०७४/७५ मा ३ अर्ब ४४ करोड, ०७५/७६ मा ९ अर्ब ८१ करोड, ०७६/७७ मा ११ अर्ब ७५ करोड थियो ।

यस्तै ०७७/७८ मा नाफा घटेर ६ अर्ब ९ करोडमा झरेको थियो । ०७८/७९ मा १३ अर्ब ३७ करोड, ०७९/८० मा ९ अर्ब ४१ करोड, ०८०/८१ मा १४ अर्ब ४६ करोड नाफा थियो ।

प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको थियो । दुवै देशमा निर्यातको कुल रकम १७ अर्ब ४७ करोड रुपैयाँ छ । गत आर्थिक वर्षमा भारतबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात भएको छ ।

प्राधिकरणले यस अवधिमा ४ अर्ब ५५ करोड रुपैयाँ व्यापार नाफा गरेको थियो । ०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो । सोही आर्थिक वर्षमा १६ अर्ब ८१ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

विद्युत् निर्यातबाट भएको आम्दानी १७ अर्ब ४७ करोड १० लाख सहित ०८१/८२ मा प्राधिकरणले विद्युत् बिक्रीबाट १ खर्व २५ अर्ब २७ करोड ७० लाख आम्दानी गरेको थियो । ०८०/८१ को तुलनामा ८.४६ प्रतिशतले बढी हो । अन्य श्रोतबाट प्राप्त आम्दानीसहित आर्थिक वर्ष ०८१/८२ को कुल आम्दानी एक खर्व ३८ अर्व ८७ करोड रहेको थियो ।