दुई महाशक्ति राष्ट्रका राष्ट्रपति ट्रम्प र पुटीन भेट्दै, काे हुन्छन् सहभागी ?

मूलखबर संवाददाता
काठमाडौं, ३० साउन

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र रूसी राष्ट्रपति पुटीनबीच शनिबार बिहान भेट हुँदैछ  ।

भेटमा रुसतर्फबाट विदेशमन्त्री सेर्गेई लाभरोभ, रक्षामन्त्री आन्द्रेई बेलोउसुभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ, राष्ट्रपति पुटिनका सहायक युरी उशाकोभ र विशेष आर्थिक दूत किरिल दिमित्रिएभ वार्तामा सहभागी हुनेछन् ।

त्यसैगरी अमेरिकातर्फबाट उपराष्ट्रपति जेडी भान्स, अमेरिकी विदेशमन्त्री मार्को रूबिओ, ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफ, अर्थमन्त्री स्कट बेसेन्ट, रक्षामन्त्री पिट हेगसेथ रहनेछन्।

बहुप्रतीक्षित यो वार्ताले विश्वको ध्यान खिचेको छ ।