भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन जाने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन जाने भएका छन्। अगस्टको अन्त्यमा हुने सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन चिन जाने भएका हुन् ।
सन् २०२० जुनमा सीमा क्षेत्रको गलवान उपत्यकामा सैन्य झडप भएपछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो। हतियारबिना भएको सो भिडन्तमा २० भारतीय र चार चिनियाँ सैनिक जवानको मृत्यु भएको थियो। गत वर्षको अन्त्यदेखि बल्ल दुई देशको सम्बन्ध सुध्रिन थालेको थियो।
तैपनि मोदीले अहिले नै चीन भ्रमण गर्ने गरी सम्बन्ध सुधारिएको थिएन। मोदीले पछिल्लो पटक चीन भ्रमण सात वर्षअघि, सन् २०१८ जुनमा गरेका थिए।
पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतप्रति आक्रामक नीति लिएपछि उनले चीन भ्रमण गर्न लागेको खबरले नयाँ तरंग ल्याएको छ ।




