जनयुद्धका सहिदप्रति समर्पित म्युजिक भिडियो आँसु झार्दिन सार्वजनीक, हल नै स्तब्ध
जनयुद्धमा सहादतबरण गर्ने सहिद दिनेश कमलप्रसाद शर्माप्रति समर्पित गरी उनकी जीवनसंगीनी जनयुद्धकी घाइते योद्धा भगवति प्रधानले लेखेको गित आँशु झार्दिन एक कार्यक्रमकाबीच राजधानी काठमाडौंमा विमोचन गरिएको छ ।
जनयुद्धमा पूर्णकालीन रुपमा सहभागि भएकै दिन पारेर सहिद पत्नी भगवित प्रधानले म्युजिक भिडियो सार्वजनीक गर्दा सिंगो हल स्तब्ध बनेको थियो । माओवादी नेतृ तथा सहिद परिवार जयपुरी घर्तीको प्रमुख आतिथ्यमा सम्पन्न भएको म्युजक भिडियो सार्वजनिक कार्यक्रम भने जनयुद्धमा जिवन साथी गुमाएका र परिवार गुमाएका महिलाहरुको समुहले स्थापना गरेको आधार महिला समाज नेपालले आयोजना गरेको थियो ।

म्युजिक भिडियोमा सहिद दिनेशको जिवन यात्रा र दिनेश र कमरेड प्रतिमाको प्रेमयात्रालाई समेत दर्शाउनुका साथै जनयुद्धका कष्टसाध्य त्याग र वलिदानको स्मरण गराइएको छ । म्युजिक भिडियो अवलोकन गर्दा दर्शकहरुले जनयुद्धमा आफैं सहभागि भएको अनुभुति गर्न सक्नेछन् ।
गितमा सहिद शर्माकी जिवनसाथी भगवती प्रधानको शब्द सङ्कलन रहेको छ, भने गायिका निर्मला घिसिङले स्वर दिएकी छन् ।
रमण थामीले सङ्गित संयोजन गरेको सो गीतको म्युजिक भिडियोमा कलाकार मिराज विक्रम सिंह, मान्सी शर्मा, टीका बाँस्तोला, गणेश जिसी, मानव चौधरी, सुनिल विश्वकर्मा, कविता पुन मगर, प्रस्तुति परियार, सन्ध्या मगर, सरोज राई, निशा खडका र राधिका साउदले अभिनय गरेका छन् ।
कार्यक्रममा गीतकार प्रधानले जनयुद्धकालिन समयको बारेमा उल्लेख गर्दै जिवनसाथी दिनेशले भनेको अन्तिम वाक्य क्रान्तिमा वलिदानको कोटा चुक्ता गर्ने हाम्रो भागमा परेछ भने पनि क्रान्तिको झण्डा ढल्न नदिने बाचा गरिएको कुरा उल्लेख गर्दै त्यसपछि भेट हुन नसकेको बताउँदा हल पुरै स्तब्ध भएको थियो । उनले भनिन्, “समग्र गीतले जनयुद्धप्रति सम्मान गर्दै जनयुद्धमा सहभागी भई दिएको बलिदान र प्रतिनिधित्वसहित सहिद हुनुभएका सम्पूर्ण सहिदप्रति सम्मान गरेको छ ।”

कार्यक्रममा माोवादी स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, प्रतिनिधि सभा सदस्य तथा माओवादी नेतृ उर्मिला माझी, सुवोध सापकोटा, रुक्मिनी रानामगर, संविधानसभा सदस्यहरु गंगा पराजुली, लक्ष्मी गुरुङ, प्रदेश सभा सदस्यहरु युवराज दुलाल, सरल सहयात्री, अमृता नेपाल, माओवादी केन्द्रीय सदस्यहरु केशव नेपाल, देवी खड्का, विशाल खड्का लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
त्यसैगरी वेपत्ता परिवारका नेता एकराज भण्डारी र संविधानसभा सदस्य खिमलाल देवकोटा सहित जनवर्गिय संगठन र पत्रकारहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । आधार महिला समाज नेपालका अध्यक्ष गंगा पराजुलीको सभापतित्व र सचिव टिका बास्तोलाको संत्चालनमा सम्पन्न भएको कार्यक्रममा शुस्मा श्रेष्ठले स्वागत गरेकी थिइन् ।





