चलचित्र विकास बोर्डमा २०० भन्दा धेरै फिल्मका पटकथा संकलन, प्रधानले बुझाए एकैचाेटी ६० पटकथा
चलचित्र विकास बोर्डले शुरु गरेको पटकथा संकलन अभियानले तिब्रता पाएको छ । बोर्डमा अध्यक्ष नियुक्त भएपछि अध्यक्ष डिसिले शुरु गरेको पटकथा संग्रहालयमा हालसम्म २ सय बढि पटकथाहरु संकलन भएका छन् ।
पछिल्लो पटक चर्चित छायांकन तथता पटकथाकार पुरुषोत्तम प्रधानले एकैदिनमा ६० फिल्मको पटकथा चलचित्र विकास बोर्डलाई बुझाएका छन् ।
सोमबार बोर्ड पुगेर उनले अध्यक्ष दिनेश डीसीलाई स्क्रिप्ट बुझाएका हुन् । सो अवसरमा बोर्ड अध्यक्ष डीसीले नेपाली चलचित्रको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार हुने बताए । ‘पटकथा नै चलचित्रको आत्मा हो । यी स्क्रिप्ट संरक्षित गर्नाले भविष्यका चलचित्रकर्मीका लागि प्रेरणा र शोधको स्रोत बनेको छ’ उनले भने ।
हस्तान्तरण गरिएका चलचित्रहरू
केही फेस्टिभलमा अवार्ड जितेका फिल्मका पटकथा पनि छन् । अध्यक्षमा नियुक्त भएलगत्तै अध्यक्ष डीसीले पटकथा संग्रहालय स्थापना गरेका थिए । सोही अभियानअन्तर्गत बोर्डले पटकथा मागिरहेको छ । अहिलेसम्म बोर्डमा २०० भन्दा धेरै फिल्मले पटकथा बुझाएको अध्यक्ष डीसीका सचिवालय संयोजक जनक खड्काले बताए ।




