एनआरएन्ए पोर्चुगलमा नयाँ कार्यसमिति निर्वाचित (नामावलीसहित)
गैरआवासिय नेपाली संघ एनआरएन्ए पोर्चुगलको अधिवेशनबाट नयाँँ कार्यसमिति चयन भएको छ । एनआरएन्ए पोर्चूगलको हालै लिस्बनमा सम्पन्न अधिवेशनबाट नेपाली जनप्रगतिशील मञ्चबाट ६ पदाधिकारी सहित ७ जना निर्विरोध निर्वाचित भएका छन् ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) पोर्चुगलको अधिबेशनमा माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्चबाट निर्विरोध निर्वाचित हुनेमा आईसीसी सदस्यमा सरिता शर्मा, चितवन रहेकी छीन् भने उपाध्यक्षमा धनुषाका नृपेश गिरी रहेका छन् । उनी माओवादी केन्द्र निकट बुद्धिजीवि संगठन मधेश प्रदेशका सचिव समेत हुन् उनी व्यवसायको सिलसिलामा पोर्चुगलमा छन् ।
यस्तै महासचिवमा धादिङका गोविन्द बुढाथोकी, सचिवमा सुवास पौडेल लमजुङ, चयन भएका छन् । पौडेल रेष्टुरेन्ट व्यवसायी हुन्, । त्यसैगरी सह–कोषाध्यक्षमा गुल्मीकी प्रभा अधिकारी , लेखा संयोजकमा सिन्धुपाल्चोकका सुरेश गिरी र सदस्यमा काभ्रेका विनोद केसी काभ्रे चयन भएका छन् । उनी पनि रेष्टुरेन्ट व्यवसायी हुन् रहेका छन् ।
अध्यक्षमा ५ जना र कोषाध्यक्षमा २ जना प्रतिपर्धामा रहेका छन् उनीहरु सबै कांग्रेस निकट रहेको बताईएको छ । सहमतिको प्रयासका लागि जुलाई ८ सम्म समय दिईएको र सहमतिमा नआए जुलाई ९ मा अनलाईन भोटिङ हुने बताईएको छ ।





