नेपाली जनप्रगतिशिल मञ्च नर्वेकाे पाँचाै अधिवेशन सम्पन्न

मूलखबर संवाददाता
ओस्लाे

नेपाली जनप्रगतिशिल मञ्च नर्वेकाे पाँचाै अधिवेशन भव्य रूपमा सम्पन्न भएकाे छ ।

नर्वेकाे राजधानी ओस्लाेमा मंगलबार एक कार्यक्रमका बिच अधिवेशन सम्पन्न भएकाे हाे ।

अधिवेशनले डिलाराम चापागाईकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ । नयाँ कार्यसमिति अन्तर्गत उपाध्यक्षमा सुभाष पुन र लक्ष्मण अर्याल, सचिवमा अमृत परियार र काेषाध्यक्षमा डा. सञ्जय अर्याल चयन भएका छन् ।

यसैगरी, अधिवेशनले कार्यसमिति सदस्यहरूमा सुमन लामा, मिना पाण्डे तिमल्सिना, महेन्द्र थापा, अमरराज पन्त, सुभाष तिमल्सिना र सुरेन्द्र केसीलाई चयन गरेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका पश्चिम अन्तर महादेशिय प्रदेशका संयाेजक उदयराज गाैतमले गैरआवासिय नेपालीहरूकाे मुद्दाका विषयमा सबै प्रवासी नेपालीहरू एकतावद्व भएर अघि बढ्नुपर्ने बताए ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेका अध्यक्ष विष्णु गाैतमले नागरिकता सम्बन्धी ऐनमा संविधानले प्रदत्त गरेका हक अधिकार सुनिश्चतता हुनुुपर्ने बताए ।

जनप्रगतिशिल मञ्च युराेपका पूर्व अध्यक्ष डा. कृष्ण अर्यालले देशका तमाम विकृति विसंगति तथा भ्रष्टाचारकाे अन्त्य हुनुपर्ने र युवाहरूलाई स्वदेशमा नै राेजगारी सिर्जना हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय महासचिव, महासंघ युराेप शाखाका पूर्व अध्यक्ष प्रेम परियार, जनसम्पर्क समिति नर्वेका सभापति, प्रवासी नेपाली मञ्च नर्वे, नेपाली पाेर्चुगिज समाज, नेपाली विद्यार्थी समाज, ओस्लाेका अध्यक्ष तथा प्रतिनिधि लगायतले आफ्नाे धारणा राखेका थिए ।