टेक्सास बाढीमा ज्यान गुमाउने ५१ पुगे, २७ बालबालीका अझै वेपत्ता
विकसीत देश अमेरिकाको टेक्सासमा अचानक आएको बाढीले ठूलो धनजनको क्षती गरेको छ । हिजो शुक्रबार राती अचानक आएको बाढीमा ज्इान गुमाउनेको संख्या ५१ पुगेको छ । मृत्यु हुनेमा १५ बालबालिकासहित ५१ जना पुगेको प्रान्तीय सरकराले जनाएको छ भने हराइरहेकाहरूको खोजी कार्यका निम्ति सयौँ उद्धारकर्मीहरू परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्।
सबैभन्दा खराब असर देखिएको केर काउन्टीमा ४३ जनाले ज्यान गुमाएका छन् भने ग्वाडआलूपे नदी किनारस्थित ुक्रिश्चिअन युथ क्याम्पुका २७ जना बालबालिका अझै हराइरहेको अधिकारीहरूले बताएका छन्।
‘खोजीकार्य जारी छ र सबैजना नभेटिँदासम्म जारी रहने छ,’ केर काउन्टीका शेरिफ ल्यारी लिथाले भनेका छन् । ट्राभिस काउन्टी र टम ग्रिन काउन्टीसहित राज्यका अन्य स्थानमा पनि मानिसहरूको मृत्यु भएको पुष्टि भएको छ। अहिलेसम्म करिब ८५० जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।-एजेन्सी




