
ट्रम्पद्वारा बाइडेन प्रशासनकाे ७८ कार्यकारी आदेश रद्व
अमेरिकी ४७ ओैं राष्ट्रपति डाेनाल्ड ट्रम्पले निवर्तमान राष्ट्रपति बाइडेन प्रशासनले जारी राखेकाे ७८ कार्यकारी आदेश रद्व गरेका छन् ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ ग्रहणपछि आयाेजित कार्यक्रममा अमेरिकाकाे संवरण युग शुरू सोमबार वाशिङ्टन डीसीको क्यापिटल वन एरिनामा आयोजित भव्य कार्यक्रममा हजारौं समर्थकहरूको अगाडि कैयन नयाँ कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन्। यस क्रममा उनले जो बाइडेन प्रशासनका ७८ कार्यकारी आदेशहरू रद्द गर्दै नयाँ नीतिहरू अघि सारेका छन्।
ट्रम्पले नियामक स्थगनको आदेशमा हस्ताक्षर गरेका छन्, जसअनुसार उनको प्रशासनले पूर्ण रूपमा सरकारको नियन्त्रण नलिएसम्म कुनै नयाँ नियम जारी गर्न अनुमति दिइने छैन। संघीय नियुक्तिमा रोक लगाउने अर्को आदेशमा भने सेनाका लागि र केही विशेष श्रेणीहरूमा अपवाद हुने जनाइएको छ।
त्यस्तै, ट्रम्पले सबै संघीय कर्मचारीहरूलाई रिमोट कामबाट पूर्णकालीन रूपमा कार्यालय फर्किन निर्देशन दिएका छन्। उनका अनुसार, यस कदमले संघीय कामकाजलाई थप प्रभावकारी बनाउनेछ।
ट्रम्पले पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई फेरि अलग गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्। यो सम्झौताले ग्लोबल वार्मिङलाई २ डिग्री सेल्सियसभन्दा कममा सीमित राख्ने उद्देश्य राखेको भए पनि, ट्रम्पले यसलाई अमेरिकाको आर्थिक हितविपरीत भन्दै पहिले नै आफ्नो पहिलो कार्यकालमा अलग गराएका थिए। बाइडेनले भने अमेरिकालाई पुनः सम्झौतामा सामेल गराएका थिए।
