यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
अमेरिकामा भिषण आँधीकाे चेतावनी, ३० राज्यमा चेतावनी जारी. मूलखबर संवाददाता काठमाडौं, २२ पुस विकसित मुलुक संयुक्त राज्य अमेरिकामा भीषण हिउँदे आँधी आउने पूर्वानुमानसँगै ६ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको छ।. सोमबार ओहायो उपत्यकादेखि मध्य एट्लान्टिकसम्म लाखौं अमेरिकीहरूले भारी हिमपात, बरफ र वर्षाको सामना गरिरहेका छन् । ३० राज्यमा मौसमसम्बन्धी चेतावनी जारी गरिएको नेशनल वेदर सर्भिस (एनडब्ल्यूएस)ले जनाएको छ।. ओहायोदेखि वाशिङ्टन डीसीसम्म १५ देखि ३० सेन्टिमिटरसम्म हिमपात हुने पूर्व अनुमान गरिएको छ । सो क्षेत्रका व्यवसायहरू र सरकारी कार्यालयहरुले बन्दको घोषणा गरिरहेका छन् । जबकि पश्चिममा, धेरै राज्यहरूले पहिले नै खराब मौसमको सामना गरिरहेका छन् ।. मिसौरीमा प्रमुख राजमार्गहरू बन्द गरिएपछि मानिसहरू अलपत्र परेका छन्। कैयन स्थानमा संकटकाल घोषणा गरिएको छ ।.
अमेरिकामा भिषण आँधीकाे चेतावनी, ३० राज्यमा चेतावनी जारी
मूलखबर संवाददाता
काठमाडौं, २२ पुस
विकसित मुलुक संयुक्त राज्य अमेरिकामा भीषण हिउँदे आँधी आउने पूर्वानुमानसँगै ६ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको छ।
सोमबार ओहायो उपत्यकादेखि मध्य एट्लान्टिकसम्म लाखौं अमेरिकीहरूले भारी हिमपात, बरफ र वर्षाको सामना गरिरहेका छन् । ३० राज्यमा मौसमसम्बन्धी चेतावनी जारी गरिएको नेशनल वेदर सर्भिस (एनडब्ल्यूएस)ले जनाएको छ।
ओहायोदेखि वाशिङ्टन डीसीसम्म १५ देखि ३० सेन्टिमिटरसम्म हिमपात हुने पूर्व अनुमान गरिएको छ । सो क्षेत्रका व्यवसायहरू र सरकारी कार्यालयहरुले बन्दको घोषणा गरिरहेका छन् । जबकि पश्चिममा, धेरै राज्यहरूले पहिले नै खराब मौसमको सामना गरिरहेका छन् ।
मिसौरीमा प्रमुख राजमार्गहरू बन्द गरिएपछि मानिसहरू अलपत्र परेका छन्। कैयन स्थानमा संकटकाल घोषणा गरिएको छ ।