कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

दक्षिण काेरियाली राष्ट्रपतिविरूद्व महाअभियाेग प्रस्ताव पारित, राष्ट्रपति निलम्बित

मूलखबर संवाददाता
काठमाडौं, २९ मंसिर

निरंकुशता लाद्न अकस्मात् संकटकाल घाेषणा गरेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलविरुद्ध संसदले महाभियोग प्रस्ताव पारित गरेको छ । शनिबार भएको मतदानमा २ सय ४ सांसदले महाभियोग प्रस्तावको पक्षमा मत दिएका छन् ।

महाअभियाेग पारितसँगै राष्ट्रपति निलम्बनमा परेका छन् ।

सञ्चारमाध्यमका अनुसार ८४ सांसदले महाभियोगको विपक्षमा मतदान गरे भने ८ मत बदर भयो, ३ सांसद तटस्थ बसे । महाभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति युन पदबाट स्वतः निलम्बित भएका हुन् ।

राष्ट्रपति येओलले उत्तर कोरिया र देशभित्रका केही विपक्षीबाट राष्ट्रियता खतरामा परेको भन्दै डिसेम्बर ३ मा दक्षिण कोरियासँगै विश्व समुदायलाई नै चकित पार्ने गरी मार्सल कानुन लागू गरेका थिए ।

युनले अब संवैधानिक अदालतको सामना गर्नुपर्नेछ । उनीविरुद्धको महाभियोग प्रस्तावमा ९ सदस्यीय अदालतले अन्तिम निर्णय लिनेछ । राष्ट्रपति पद रिक्त भएको ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने व्यवस्था छ । त्यतिन्जेलसम्म प्रधानमन्त्री हान डक सुले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नेछन् ।

छान्नुहोस् र सुन्नुहोस्