
बेइजिङ ड्याक्सिङ इन्टरनेशनल एयरपोर्टले बनायाे नयाँ रेकर्ड
चीनकाे राजधानी शहरमा रहेकाे बेइजिङ ड्याक्सिङ इन्टरनेशनल एयरपोर्टले नयाँ रेकर्ड बनाएको छ ।
चिनियाँ समाचार संस्थाका अनुसार यस वर्ष बेइजिङ ड्याक्सिङ इन्टरनेशनल एयरपोर्ट अध्यागमनबाट गुज्रने विदेशी यात्रुको संख्या १० लाख नाघेको छ, जसले यस विमानस्थलमा विदेशी नागरिकको प्रवेश र बाहिरिने वार्षिक संख्यामा नयाँ रेकर्ड बनाएको हाे ।
साे रेकर्डलाई अध्यागमन निरीक्षण स्टेशनले पुष्टि गरेको छ।
