
बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबीच बीआरआई सहकार्यकाे फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी ओलीकाे चीन भ्रमणका क्रममा आज नेपाल सरकार र चीन सरकार बिचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको हाे ।
बेइजिङमा आज दिउँसो भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिसनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गर्नुभएको हो । चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहनुभएको तेस्रो दिन यो सम्झौता भएको हो ।
