
नुवाकोट २ को वडाध्यक्षमा माओवादी केन्द्रका घिमिरे निर्वाचित
नुवाकोटको ककनी गाउँपालिका–२ काे वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कृष्ण घिमिरे निर्वाचित हुनुभएको छ ।
निर्वाचन आयोगले माओवादी केन्द्रका उम्मेदवार घिमिरेले एक हजार ८५ मत प्राप्त गरी निर्वाचित हुनुभएको जनाएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सूर्य तामाङले ५८७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार यमबहादुर लामाले ३४१ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मङ्गल सिद्धी लामा तामाङले ८३ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।
