प्यालेस्टाइनविरूद्व इजरायलले गरेकाे आक्रमणबारे बाेल्न सरकारलाई ज्ञापन

मूलखबर संवाददाता
काठमाडौं, ५ मंसिर

इजरायलले प्यालेस्टाइन विरूद्व गरिरहेकाे दमन र अन्यायपूर्ण आक्रमणप्रति खेद जनाउँदै विभिन्न २३ दल तथा नागरिक संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रधानमन्त्री ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै बुधबार अपरान्ह  विभिन्न कम्युनिष्ट राजनीतिक दल र नागरिक संस्थाले संयुक्त रूपमा  ध्यानाकर्षणपत्र बुझाइएका हुन् ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा ज्ञापन पत्र बुझाउन माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका नेत्री दुर्गा पौडेल, नेकपा (एकीकृत समाजवादी)का सचिव शेरबहादुर कुँवर, क्रान्तिकारी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेल,
जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुख अर्जुन थापा, प्रगतिशील रूपान्तरण आन्दोलनका अभियन्ता श्याम श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह, नेकपा बहुमतलगायतका प्रतिनिधिहरू गएका थिए ।

उनीहरूले नेपालकाे असंलग्न परराष्ट्र नीति भएतापनि सरकारले प्यालेस्टाइन र लेबनानविरूद्व इजरायलबाट भएको अन्यायपूर्ण आक्रमण र हींसाकाे विरूद्व नबाेल्नु अन्यायकाे पक्षपाेषण हुने भएकालेे त्यसाे नगर्न सरकारलाई आग्रह पनि गरेका छन् ।

के छ ज्ञापन पत्रमा ?