यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
एक अस्पताल, एक रक्तसञ्चार केन्द्र’ को नीति अघि बढाइने. मूलखबर संवाददाता काठमाडौं, २८ कात्तिक । रगतको गुणस्तरमा देखिएका समस्या समाधान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक अस्पताल, एक रक्तसञ्चार केन्द्र’ को नीति अघि बढाउने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले रगतको गुणस्तर सुधार र सहज उपलब्धताका लागि यो नीति ल्याइएको जानकारी दिए ।. मन्त्री पौडेलका अनुसार रगतको गुणस्तर, मापदण्ड निर्धारण गर्न मन्त्रालयले छुट्टै समिति गठन गर्न लागिएको छ । जनस्वास्थ्य सेवा नियमावली २०७७ ले २५ शैयाभन्दा बढी क्षमता भएका अस्पतालमा रक्तसञ्चार सेवा अनिवार्य गरे पनि हाल धेरै ठूला अस्पतालहरूले समेत बिरामीलाई अन्य रक्तसञ्चार केन्द्रमा पठाउने गरेका छन् ।. ‘हाल रक्तसञ्चार केन्द्र र अस्पतालहरूबीच समन्वयको अभाव छ । विगतमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रहरू निरन्तर सञ्चालनमा आउन नसक्दा पटक–पटक रगतको अभाव हुने गरेको छ ।.
एक अस्पताल, एक रक्तसञ्चार केन्द्र’ को नीति अघि बढाइने
मूलखबर संवाददाता
काठमाडौं, २८ कात्तिक ।
रगतको गुणस्तरमा देखिएका समस्या समाधान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक अस्पताल, एक रक्तसञ्चार केन्द्र’ को नीति अघि बढाउने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले रगतको गुणस्तर सुधार र सहज उपलब्धताका लागि यो नीति ल्याइएको जानकारी दिए ।
मन्त्री पौडेलका अनुसार रगतको गुणस्तर, मापदण्ड निर्धारण गर्न मन्त्रालयले छुट्टै समिति गठन गर्न लागिएको छ । जनस्वास्थ्य सेवा नियमावली २०७७ ले २५ शैयाभन्दा बढी क्षमता भएका अस्पतालमा रक्तसञ्चार सेवा अनिवार्य गरे पनि हाल धेरै ठूला अस्पतालहरूले समेत बिरामीलाई अन्य रक्तसञ्चार केन्द्रमा पठाउने गरेका छन् ।
‘हाल रक्तसञ्चार केन्द्र र अस्पतालहरूबीच समन्वयको अभाव छ । विगतमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रहरू निरन्तर सञ्चालनमा आउन नसक्दा पटक–पटक रगतको अभाव हुने गरेको छ ।