
बाकुमा राष्ट्रपति पाैडेलकाे अपील : गाेला बारूदमा खर्च घटाओैं, हिमाल बचाओैं
राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने ख्याल गर्न विश्व समुदायलाई आग्रह गर्नुभएकाे छ ।
अजरबैजानको राजधानी बाकुमा मंगलबार जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रको २९ औं सम्मेलन (कोप–२९) मा सम्बाेधन गर्दै राष्ट्रपति पौडेलले साे अपिल गर्नुभएको हाे ।
नेपालका एजेन्डा प्रस्तुत गर्दै राष्ट्रपति पाैडेलले भन्नुभयाे- हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने सबैले ख्याल गरौं, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन, तल्लो तटीय मुलुकलाई समेत संकटमा पुर्याउँछ भन्ने विश्वले बिर्सन हुन्न ।’
राष्ट्रपति पाैडेलले आफू जलवायु न्याय र क्षतिपूर्तिको आवाज लिएर यस सम्मेलनमा सहभागी हुन आएको प्रस्ट पारे । ‘गोला बारुदमा खर्च भइरहेको ठूलो स्रोतसाधनलाई जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण गर्दै मानव सभ्यताको बचाउमा उपयोग हुनुपर्छ ।’
