उपनिर्वाचन : माओवादीले टुंगायाे बागमतीका उमेदवार, कांग्रेसमा अझै विवाद

मूलखबर संवाददाता
काठमाडौं, २२ कात्तिक

आगामी मंसिर १६ गते हुन लागेकाे स्थानिय तहकाे उपदिर्वाचनकाे लागि प्रमुख राजनीतिक दलहरूले उमेदवारकाे टुंगो लगाउन थालेका छन् ।

प्रमुख प्रतपक्षी दल नेकपा माओवादी केन्द्रले बागमतीका सबै उमेदवार टुंगो लगाएकाे छ । भने सत्तारूढ दल नेकपा एमालेले काठमाडौं जिल्लाका लागि मात्रै उमेदवार टुंगो लगाएकाे बताएको छ । सत्तारूढ ठूलो दल नेपाली कांग्रेसले भने आन्तरिक विवादका कारण उमेदवार टुंगो लगाउन सकेकाे छैन ।

माओवादी केन्द्रले बाग्मतीको सबै उम्मेदवार टुंगो लगायो 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, वडा नम्बर १ र ४ को वडाअध्यक्ष र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको उम्मेदवार टुंग्याएको छ ।

माओवादीले कीर्तिपुर नगरपालिका प्रमुख पदमा प्रा.डा.शिवशंकर महर्जन, १ नम्बर वडामा अष्टमान महर्जन र ४ नम्बर वडामा नारायण विष्टलाई उम्मेदवार तय गरेको छ । काठमाडौं महानगरपालिका १६ को उम्मेदवार भने टुंगो लागेको छैन ।

यस्तै, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदमा निमलेकी शेर्पा डोल्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ मा रविन प्रधान र नुवाकोटको ककनी गाउँपालिका २ मा मिलन घिमिरेलाई उम्मेदवार छनोट गरेको छ ।

काठमाडौंमा एमालेले सबै उम्मेदवार टुंग्यायो

सत्तारुढ दल नेकपा एमालेले काठमाडौं कीर्तिपुर नगरपालिकाको मेयरसहित काठमाडौंको चार वटै सिटमा उम्मेदवार टुंग्याएको छ ।

कीर्तिपुर नगरकमिटीको सिफारिस अनुसार, महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको जिल्ला समिति बैठकले उम्मेदवार सबै उम्मेदवार टुंग्याएका हो । एमालेले मेयरमा डा. सुरेन्द्र मानन्धरलाई अघि सारेको छ भने वडा नम्बर १ मा हर्ष महर्जन, वडा नम्बर बद्री बुढाथोकी र काठमाडौं महानगरपालिका १६ लक्ष्मीरत्न तुलाधरलाई वडाअध्यक्ष उम्मेदवार सिफारिस गरेको हो ।

यस्तै, एमालेले दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा उमा शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने रौतहटको राजपुर नगरपालिका वडा ६, ईशनाथ नगरपालिका वडा ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष उम्मेदवार पनि टुंगो लगाएको छ ।

कांग्रेसलाई उम्मेदवार छनोट गर्न सकस 

सत्तारुढ दल नेपाली कांग्रेसलाई भने विभिन्न ठाउँको उम्मेदवार छनोट गर्न सकस भएको छ । आकांक्षी बढी भएपछि उम्मेदवार छनोट गर्न सकस परेको हो । निर्वाचित राजकुमार नकर्मीको निधन भएकाले उपनिर्वाचन हुन कीर्तिपुर नगरपालिकाको मेयर पदमा नगरकमिटीले कृष्णमान डंगोलसहित ११ जनाको नाम सिफारिस गरेको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा कांग्रेस जिल्ला समितिले पासाडिकी तामाङको नाम केन्द्रमा सिफारिस गरेको छ । कांग्रेसबाट निर्वाचित श्याम सुन्दर तामाङको निधन भएपछि उनको पत्नी पासाडिकीलाई अघि सारिएको हो ।

मंसिर २ गते उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका भएकाले राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न कस्सिएका हुन् । अघिल्लो पटक जितेको सिट सुरक्षित गर्नका लागि पनि दलहरुले भित्रभित्रै गठबन्धनको तयारी पनि गरिरहेका छन् ।