कांग्रेस-एमाले दुइदलिय संयन्त्र, पहिलो बैठकले गर्याे दुई निर्णय

मूलखबर संवाददाता
काठमाडौं, २२ कात्तिक

काँग्रेस एमाले गठबन्धनको सरकारकाे स्थायित्वबारे प्रश्न उठिरहेका बेला सरकारलाई प्रभावकारी बनाउन कन्दै दुईदलिय संयन्त्र निर्माण भएको छ ।

संयन्त्रको कार्यदलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा छन्। त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिव विष्णु रिमाल छन्।

मंगलबार बसेको संयन्त्र कार्यदलको पहिलो बैठकले निम्न निर्णय गरेको छ।

१. कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालै पालो गर्ने। पहिलो महिना (२१ कात्तिकदेखि २० मंसिरसम्म) कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यदलको बैठकको संयोजन गर्ने।

२. चिनियाँ प्रधानमन्त्री ली छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने प्रधानमन्त्री केपी ओलीको चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने। दुई नेताको निर्देशनअनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने।