अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्प जित नजिक, ल्याए २६६ इलेक्ट्राेल मत
विश्वशक्तिमान संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम करिबकरिब अन्त्यमा पुग्न लागेकाे छ ।
पछिल्लो मत परिणामअनुसार पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जीतको नजिक पुगेका छन् ।
राेचक र प्रतिस्पर्धात्मक मानिएको राज्य पेन्सिल्भानियमा जीत हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ । सिएनएनकाअनुसार उनले हालसम्म २६६ इलेक्टोरल मत प्राप्त गरेका छन् । जीतका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।
फक्सन्युजले ट्रम्पको जीत निश्चित भएको घोषणा गरिसकेको छ । उनले कम्तीमा २७७ इलेक्टोरल मत ल्याउने प्रक्षेपण गरेको छ । ट्रम्पले समर्थकहरूलाई सम्बोधन गरिरहेका छन् ।
त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस १९४ इलेक्टोरल मतमा अगाडि छिन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ ।
जितका लागि निर्णायक मानिएका ७ स्विङ स्टेटमध्ये, पेनसिल्भानिया, नर्थ क्यारोलाइना र जर्जियामा ट्रम्पले जित हासिल गरेका छन् । यो जितले ट्रम्पलाई बहुमतका लागि सहज बनाएको हो ।
अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।