तिहारमा प्रचण्डको शुभकामना : बाढपहिराेकाे संकटबाट सम्हालिँदै पर्व मनाओैं
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तिहार, छठलगायतका पर्वकाे अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना दिनुभएको छ ।
शुक्रबार एक शुभकामना सन्देशमार्फत उहाँले भन्नुभएको छ – `यो वर्ष बाढीपहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको छ । यो संकटको अवस्थाबाट सम्हालिदै सबै नेपालीहरुले आफ्नो सांस्कृतिक पर्व मनाउने अवसरको सिर्जना होस् ।´
शुभकामना सन्देशकाे पूरा पाठ-
नेपाली जनताका महान् पर्व तिहार, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्ती लगायतका धार्मिक सांस्कृतिक चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यी चाडपर्वहरुले नेपाली जनताका बीचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएका छन् । विविधितायुक्त सांस्कृतिक एक्येबद्धता हामी नेपालीहरुको मौलिक पहिचान हो । सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास मुलुकको समृद्धिका आधार हुन् ।
यो वर्ष बाढीपहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको छ । यो संकटको अवस्थाबाट सम्हालिदै सबै नेपालीहरुले आफ्नो सांस्कृतिक पर्व मनाउने अवसरको सिर्जना होस् । म पुनः सबै दिदीबहिनी दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
१६ कार्तिक, २०८१
नेपाल संवत् ११४४ कौलागाः १५
पुष्पकमल दाहाल ‘प्रचण्ड’
(अध्यक्ष)
नेकपा (माओवादी केन्द्र), केन्द्रीय कार्यालय