यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
इलाममा भारतीय पर्यटक आउन थाले. मूलखबर संवाददाता काठमाडौं मनसुन सक्किएर वर्षा कम भएपछि यतिबेला इलाममा भारतीय पर्यटक आउन थालेका छन् ।. इलामको कन्याम, अन्तु हुँदै इलाम भएर पर्यटकीयस्थल सन्दकपुरसम्म जाने भारतीय पर्यटकको सङ्ख्या बढेको छ । इलाम हुँदै सन्दकपुर कालपोखरी, तुम्लिङ, मेघमा, मानेभञ्ज्याङ, पशुपतिनगरसम्मको क्षेत्रलाई भारतीय पर्यटकले निकै रुचाउने गरेको पाइन्छ । दार्जिलिङ घुम्न जाने र त्यहाँबाट फर्कँदा सीमावत्र्ती बजार पशुपतिनगर निस्कने भारत पश्चिम बङ्गालका पर्यटकको सङ्ख्या पनि राम्रै रहेको पशुपतिनगरस्थित पर्यटन सूचना केन्द्रले जनाएको छ ।. यता, आफ्नै मोटरसाइकल लिएर इलाम आइपुगेका ३८ भारतीय पर्यटकलाई नेपालकै बाटो हुँदै सन्दकपुर पुगाएर बिदाइ गरेको इलामस्थित पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी प्रालिका अध्यक्ष गृष्म सुब्बाले बताउनुभयो ।. सन्दकपुरतर्फको यात्रामा जाने पर्यटकलाई इलामको बिल्याँटेमा रहेको जरवीरे चिया उद्योगको बिक्री केन्द्रले निःशुल्क चिया खुवाएर स्वागत तथा बिदाइ गर्ने गरेको छ । इलामकै अग्लो अर्थात् ३ हजार ६३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट भने कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमालहरू नजिकबाट अवलोकन गर्न सकिन्छ भने बंगलादेशसम्मको तराईको समथर भूभाग अवलोकन गरेर आनन्द लिन सकिन्छ ।. यस्तै, पर्यटकीय क्षेत्र सन्दकपुरमा सूर्योदयको दृश्यावलोकन, चौँरी गाई, भेडा पालनसहित स्थानीय रहनसहन, रेडपाण्डाको वासस्थानको अध्ययन अवलोकन गर्न सकिन्छ ।. उता पर्यटकको रोजाइमा पर्ने अन्तुमा पनि यतिबेला पर्यटकहरूको भिड बढेको छ । राम्रोसँग मौसम नखुलेको भए पनि अन्तु आएर रमाउने पर्यटकको सङ्ख्या भने धेरै रहेको अन्तुस्थित सूर्योदय नगरपालिकाको टिकट काउन्टरका कर्मचारी दिपेन पुलामी मगरले बताउनुभयो ।. अहिले दैनिक पाँच सयदेखि एक हजारको हाराहारीमा पर्यटकहरू अन्तुमा रात बिताउने गरेका छन् । अन्तुमा यो वर्ष भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, कलकत्ता, गुवाटी, आसामबाट भारतीय सवारीसहित आउने पर्यटक ठुलो सङ्ख्यामा आएका छन् ।. झापाको काँकडभिट्टा हुँदै नेपाल भित्रिएका पर्यटक कन्याम, अन्तु घुम्दै पाथीभरा देवीको दर्शन गरेर पशुपतिनगर हुँदै फर्कने गरेको अध्यक्ष घिमिरेले बताउनुभयो । तराईबाट आउने पर्यटकलाई चिया टिपाइ र सूर्योदयको दृश्यले आनन्द दिने गरेको छ ।. अन्तु पोखरीमा डुङ्गा सवार पनि अर्को आकर्षण बनेको छ । चियाबारी बिचमा निर्माण भएका कटेज, यहाँ सञ्चालित राम्रै किसिमका होटल र स्थानीय जनजीवनको रहनसहन बुझ्न चाहने पर्यटकलाई होमस्टेको बासले बढी तान्ने गरेको छ ।.
इलाममा भारतीय पर्यटक आउन थाले
मूलखबर संवाददाता
काठमाडौं
मनसुन सक्किएर वर्षा कम भएपछि यतिबेला इलाममा भारतीय पर्यटक आउन थालेका छन् ।
इलामको कन्याम, अन्तु हुँदै इलाम भएर पर्यटकीयस्थल सन्दकपुरसम्म जाने भारतीय पर्यटकको सङ्ख्या बढेको छ । इलाम हुँदै सन्दकपुर कालपोखरी, तुम्लिङ, मेघमा, मानेभञ्ज्याङ, पशुपतिनगरसम्मको क्षेत्रलाई भारतीय पर्यटकले निकै रुचाउने गरेको पाइन्छ । दार्जिलिङ घुम्न जाने र त्यहाँबाट फर्कँदा सीमावत्र्ती बजार पशुपतिनगर निस्कने भारत पश्चिम बङ्गालका पर्यटकको सङ्ख्या पनि राम्रै रहेको पशुपतिनगरस्थित पर्यटन सूचना केन्द्रले जनाएको छ ।
यता, आफ्नै मोटरसाइकल लिएर इलाम आइपुगेका ३८ भारतीय पर्यटकलाई नेपालकै बाटो हुँदै सन्दकपुर पुगाएर बिदाइ गरेको इलामस्थित पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी प्रालिका अध्यक्ष गृष्म सुब्बाले बताउनुभयो ।
सन्दकपुरतर्फको यात्रामा जाने पर्यटकलाई इलामको बिल्याँटेमा रहेको जरवीरे चिया उद्योगको बिक्री केन्द्रले निःशुल्क चिया खुवाएर स्वागत तथा बिदाइ गर्ने गरेको छ । इलामकै अग्लो अर्थात् ३ हजार ६३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट भने कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमालहरू नजिकबाट अवलोकन गर्न सकिन्छ भने बंगलादेशसम्मको तराईको समथर भूभाग अवलोकन गरेर आनन्द लिन सकिन्छ ।
यस्तै, पर्यटकीय क्षेत्र सन्दकपुरमा सूर्योदयको दृश्यावलोकन, चौँरी गाई, भेडा पालनसहित स्थानीय रहनसहन, रेडपाण्डाको वासस्थानको अध्ययन अवलोकन गर्न सकिन्छ ।
उता पर्यटकको रोजाइमा पर्ने अन्तुमा पनि यतिबेला पर्यटकहरूको भिड बढेको छ । राम्रोसँग मौसम नखुलेको भए पनि अन्तु आएर रमाउने पर्यटकको सङ्ख्या भने धेरै रहेको अन्तुस्थित सूर्योदय नगरपालिकाको टिकट काउन्टरका कर्मचारी दिपेन पुलामी मगरले बताउनुभयो ।
अहिले दैनिक पाँच सयदेखि एक हजारको हाराहारीमा पर्यटकहरू अन्तुमा रात बिताउने गरेका छन् । अन्तुमा यो वर्ष भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, कलकत्ता, गुवाटी, आसामबाट भारतीय सवारीसहित आउने पर्यटक ठुलो सङ्ख्यामा आएका छन् ।
झापाको काँकडभिट्टा हुँदै नेपाल भित्रिएका पर्यटक कन्याम, अन्तु घुम्दै पाथीभरा देवीको दर्शन गरेर पशुपतिनगर हुँदै फर्कने गरेको अध्यक्ष घिमिरेले बताउनुभयो । तराईबाट आउने पर्यटकलाई चिया टिपाइ र सूर्योदयको दृश्यले आनन्द दिने गरेको छ ।
अन्तु पोखरीमा डुङ्गा सवार पनि अर्को आकर्षण बनेको छ । चियाबारी बिचमा निर्माण भएका कटेज, यहाँ सञ्चालित राम्रै किसिमका होटल र स्थानीय जनजीवनको रहनसहन बुझ्न चाहने पर्यटकलाई होमस्टेको बासले बढी तान्ने गरेको छ ।