सात सालदेखि कुनै सरकारले गर्न नसकेको काम हामीले गरेका थियौं : नारायणकाजी श्रेष्ठ

मूलखबर संवाददाता
काठमाडौं, १० कात्तिक ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले साल देखि कुनै सरकारले गर्न नसकेको काम माओवादीको सरकारले गरेको बताए ।

पार्टीको बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा भएको खबरदारी सभामा बोल्दै नेता श्रेष्ठले आफूहरुले सरकरामा रहँदा भ्रष्टचारीहरुको निद हराम गरेको बताए । उनले भने -‘प्रचण्ड प्रधानमन्त्री र नारायणकाजी गृहमन्त्री हुँदा सम्म चयनले सुत्न नपाइने भयो भनेर दलाल र भ्रष्टचारीहरुमा रुवावासी थियो ।’

उनले आफूहरुले मिटर व्याजीपीडतको समस्या समाधान गर्न शुरु गरेको बताउँदै अहिलेको सरकार भ्रष्टाचारीको संरक्षण र दलालको पक्षपोषणमा लागेको बताए ।

उनले अहिलेको प्रधानमन्त्री केपी ओलीले २०१९ सालमा संयुक्त राज्य अमेरिकासँग एसपीपी सम्झौता गरेको भनेर प्रचारमा आएको र त्यो कुरा आफूहरुलाई मान्य नहुने बताउँदै भने-‘ हामीलाई एसपीपी कुनै हालतमा स्वीकार्य छैन ।’  उनले केपी ओलीलाई यस विषयमा प्रष्ट पार्न र त्यसो नगर्न चेतावनी पनि दिए ।

नेता श्रेष्ठले माओवादी केन्द्रले जनतासँग विगतमा भएका गल्तीलाई सच्याउँदै अगाडि वढेमा ०८४ मा माओवादी पहिलो पार्टी बन्न सक्ने सम्भावना रहेको बताए ।