
माओवादी केन्द्रद्वारा खबरदारी सभा सम्पन्न, २० हजार बढि सहभागी
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले काठमाडौंमा सरकारकाे बेथिति र भ्रष्टाचारको विरूद्व खबरदारी सभा सम्पन्न गरेको छ । सरकारबाट भ्रष्टाचार र बेथितिको संरक्षण भएको भन्दै प्रमुख प्रतिपक्षी माओवादीले शनिबार भृकुटीमण्डपमा खबरदारी सभा गरेको हो ।
खबरदारी सभा भन्दा पहिले सुन्धारादेखि जुलुस र र्याली प्रदर्शन गरिएको थियो । जुलुसमा २० हजार बढि सहभागी भएका थिए ।
