
आगामी आन्दोलनकाे तयारी गर्न रास्वपाकाे केन्द्रीय समिति बैठक आज बस्दै
सभापति रवि लामिछानेेकाे गिरफ्तारीपछि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिकाे बैठक आज बस्ने भएको छ ।
सहकारी ठगीको आराेप लगाउँदै पार्टी सभापति तथा पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई कार्यलयबाटै पक्राउ गरि पाेखरा पुर्याइएपछि रास्वपा लगातार आन्दोलनमा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आगामी दिनमा आन्दोलनकाे स्वरूप र रूपरेखा तय गर्ने बताइएको छ ।
शनिबार दिउँसो १ बजे चःमतिस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको औपचारिक बैठक हुने रास्वपाले जनाएको छ।
शुक्रबार बसेको अनौपचारिक छलफलबाट शनिबार केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेअनुसार शनिबार बैठक बोलाइएको हो।
बैठकमा छलफलका लागि तीन विषय तोकिएको छ। समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदेश र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ।
