बालुवाटारमा सत्तारुढ दलहरुको बैठक, प्रतिपक्षीका आन्दोलन मुख्य एजेण्डा
सत्तारुढ दलहरुको बैठक बालुवाटार सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकको मुख्य एजेण्डा प्रतिपक्षी दलहरुले गर्न लागेको सडक अन्दोलन कसरी सामना गर्ने भन्ने विषय रहेको बुझिएको छ । बैठकमा पछिल्लो राजनीतिक र आर्थिक अवस्थाका बारेमा छलफल हुने जनाइएको छ।
सरकारले सय दिन पार गरेलगत्तै विपक्षी दलहरूले सरकारविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन्। विपक्षी दलको मोर्चाबन्दीलाई कसरी कमजोर पार्ने र सरकारविरुद्ध सडकमा देखिन थालेको आक्रोशलाई कसरी मत्थर पार्ने भन्ने विषयमा बैठकमा छलफल गर्ने सत्तारुढको तयारी छ।
सरकारले रास्वपा सभापति रवि लामछिानेलाई गिरफतार गरेपछि रास्वपा आन्दोलनमा छ भने प्रमूख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भोली १० गते काठमाडौंमा खबरदारी सभा र जनप्रदर्शन आयोजना गरेको छ ।