
यस्ता छन् मन्त्रीपरिषदका पछिल्ला १२ निर्णय, सिमा प्रशासन कार्यलय खारेज
मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैकले १२ वटा निर्णय गरेको जानकारी दिए ।
मन्त्री गुरुङले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिषा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको जानकारी दिए।
त्यसैगरी सरकारले दार्चुला, इलाम र पशुपतिनगरमा रहेका सिमा प्रशासन कार्यलय खारेज गर्ने निर्णय गरेको छ ।
