रवि लामिछाने पक्राउविरूद्व रास्वपाकाे प्रदर्शन जारी, रविलाई आज अदालत पेश गरिने

मूलखबर संवाददाता
पाेखरा, ८ कात्तिक

रास्वपाका सभापति तथा पुर्व उपप्रधानमन्त्री  एवम् गृहमन्त्री रवि लामिछानेकाे पक्राउ विरूद्व रास्वपाले पाेखरामा निरन्तर प्रदर्शन गरिरहेकाे छ ।

सहकारी ठगि आराेपमा गत शुक्रबार काठमाडौंबाट पक्राउ जरी पाेखरा पुर्याइएका लामिछानेको गिरफ्तारी गैर न्यायीक भएकाे र राजनीतिक प्रतिसाेधपुर्ण भएको भन्दै रास्वपाले तत्काल रिहाईकाे माग गरिरहेकाे छ । प्रदर्शनमा पार्टीका मुख्य नेताहरू सहभागी रहेका छन् । प्रदर्शनमा हजारौं जनसमुदायकाे साथ रहेको छ ।

लामिछानेको कास्कीको पोखरास्थित सरकारी वकिलको कार्यालयमा बयान लिइएको छ ।  २ बजेबाट सुरु भएको बयान ‘अनावश्यक’ लम्ब्याइएको भन्दै लामिछानेले असन्तुष्टी जनाएका छन् ।

जिल्ला अदालत कास्कीले रविलाई ६ दिन थुनामा राख्न अनुमति दिएको थियो । उक्त म्याद आज सकिएको छ ।

रवि र छविलाई आज अदालतमा पेस गरिने

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीलाई आज (बिहीबार) पुनः अदालत पेस गरिने भएको छ । असोज ६ गते पक्राउ गरी पोखरा ल्याइएका जोशीलाई अदालतले पछिल्लो पटक असोज १७ गतेदेखि लागु हुने गरी २० दिनको म्याद थपेको थियो । कार्तिक २ गते पक्राउ गरी ल्याइएका रास्वपा सभापति लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

अदालतले दिएको म्याद सकिए पनि अनुसन्धान नसकिएकाले पुनः समय माग्न लागिएको कास्की प्रहरीले जनाएको छ ।  सूर्य दर्शन सहकारीसहित पाँच वटा सहकारीबाट ६५ करोड बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगानी गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई हिजो सरकारी वकिलको कार्यालयले करिब तीन घण्टा बयान लिएको थियो भने जोशीसँग यसअघि नै बयान लिइसकेको छ ।