
एमाले अध्यक्ष प्रम केपी ओलीलाई तत्काल पक्राउ गरि कारवाहीकाे मागसहित अख्तियारमा मुद्वा दर्ता
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीलाई पक्राउ गरि कारवाही गर्न माग गर्दै अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगमा ऊजुरी परेको छ ।
नागरिकका तर्फबाट युवराज सफलले ओली र भाटभटेनी प्रालिका अध्यक्ष मिनबहादुर गुरूङलाई भ्रष्टाचार अभियाेगमा हदैसम्मको कार्वाही हुन माग गर्दै मुद्वा दर्ता गराएका हुन् ।
सफलले सरकार वादी मुद्वामा अभियाेग खेपिरहेका गुरूङले एमाले पार्टी कार्यलय बनाउन भन्दै १० राेपनी १४ आना जग्गा दिनु र साे भवनकाे सिलान्यास प्रधानमन्त्री समेत रहेका केपी ओली भन्ने खड्गप्रसाद ओलीले सहभागी भई गरेकाेले दुबै जनालाई भ्रष्टाचार निवारण ऐन अन्तरगत तत्काल पक्राउ गरि हदैसम्मको सजाय माग दावीसहित पेश गरेकाे मुद्वा अख्तियारमा दर्ता भएको छ ।
२०८१ कात्तिक १ गते बिहीबार अख्तियारमा दर्ता भएको साे अभियाेगबारेकाे मुद्वाकाे दर्ता नंबर सी-०२३६२३० रहेकाे छ ।
