१४ जिल्ला र ४० पालीकालाई संकटग्रस्त घाेषणा, हाेला त द्रुत पुननिर्माण ?

मूलखबर संवाददाता
काठमाडौं, १९ असाेज

सरकारले बाढी, पहिराे र डुबानले जनधनको धेरै क्षति भएका काठमाडौँ, ललितपुर, भक्तपुरसहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

गत शुक्रबार र शनिबार देशैभर अविरल वर्षा हुँदा ठुलो जनधनको क्षति भएको थियो ।  मन्त्री लेखकले अविरल वर्षका कारण बाढी र पहिरोले धेरै ठुलो जनधनको क्षति गरेकोले अब राहत, उद्धार, पुनर्निर्माण र पुनस्र्थापना सघन रूपमा गर्न सङ्कटग्रस्त जिल्ला घोषणा गरेकाे प्रष्टाएका छन् ।

सरकारले सङ्कटग्रस्त जिल्ला घोषणा गरेपछि बजेटदेखि पुनर्निर्माणलाई उच्च प्राथमिकता दिएर काम हुने छ ।

यसअघि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले बाढीपहिरो र डुबानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको उक्त बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपत् सङ्कटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।

बाढी, पहिरो र डुबानबाट सबैभन्दा धैरै मानवीय तथा भौतिक क्षति भएका जिल्ला पाँचथर, ओखलढुङ्गा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्ला र ती जिल्लाका विभिन्न स्थानीय तहलाई सङ्कटग्रस्त घोषणा गर्न सिफारिस गरेकाे थियाे ।

यी हुन् संकटग्रस्त घाेषीत ४० पालीका

फिदिम नगरपालिका
फालेलुङ गाउँपालिका
फाल्गुनन्द गाउँपालिका
चम्पादेवी गाउँपालिका
सुनकोशी गाउँपालिका
वेलका नगरपालिका
बेनिघाट रोराङ गाउँपालिका
नेत्रावती डबजोङ गाउँपालिका
धुनिबेंसी नगरपालिका
गजुरी गाउँपालिका
गौरीशंकर गाउँपालिका
बिगु गाउँपालिका
शैलुङ गाउँपालिका
मन्थली नगरपालिका
रामेछाप नगरपालिका
खाँडादेवी गाउँपालिका
दोरम्भा शैलुङ गाउँपालिका
सुनापति गाउँपालिका
लिखु तामाकोशी गाउँपालिका
गोकुलगंगा गाउँपालिका
उमाकुण्ड गाउँपालिका
भोटेकोशी गाउँपालिका
ललितपुरको बागमती गाउँपालिका
कोन्ज्योसोम गाउँपालिका
गोदाबरी नगरपालिका
रोशी गाउँपालिका
पनौती नगरपालिका
तेमाल गाउँपालिका
नमोबुद्ध नगरपालिका
बेथानचोक गाउँपालिका
मण्डनदेउपुर नगरपालिका
चौरीदेउराली गाउँपालिका
महाभारत गाउँपालिका
गोलन्जोर गाउँपालिका
सुनकोशी गाउँपालिका
फिक्कल गाउँपालिका
इन्द्रसरोवर गाउँपालिका
बकैया गाउँपालिका
चितवनको भरतपुर महानगरपालिका
माडी नगरपालिका
इच्छाकामना गाउँपालिका