चिनिया कम्युनिष्ट पार्टीद्वारा नेपाली बाढीपीडितलाई १ करोड ९० लाखको सहयोग हस्तान्तरण

मूलखबर संवाददाता
काठमाडौं, १८ असोज ।

चिनिया कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागले जनगणतन्त्र चिनको ७५ औं वार्षिकोत्सवको अवसरमा नेपालको वाढीपीडितलाई सहयोग हस्तान्तरण गरेको छ ।

नेपालमा गत हप्ता असोज ११ देखि १३ सम्म आएको विनासकारी वर्ष बाढी र डुबानका कारण पीडित भएका काठमाडौं महानगरपालिका वडा नं १२ मा रहेका ६० घर धुरीलाई आज एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको हो ।

बाढीपीडित परिवारलाई महेन्द्र सरस्वती सेवा आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा नगद १ करोड ९० लाख बराबरको  सहयाेग हस्तान्तरण गरिएको हाे । साे सहयाेगमा  १२४२ सेट सामान तथा खाद्यान्नलगायत रहेकाे छ ।।

कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका काउन्सिल र वाङ सिन, नेपालका मुख्य राजनीतिक दलका प्रतिनिधि, ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसनको नेपालस्थित कार्यालयका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो।

सीपीसी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले चाइना फाउन्डेसनको सहकार्यमा ‘कठिनाइसँग हातेमालो’स्वरुप प्रभावितहरुका लागि मानवीय सहायता उपलब्ध गराएको जनाएको छ।

बाढीपीडितका लागि १ हजार २ सय ४२ सेट राहत सामग्री परिचालनमा सहयोग गरेको विभागले जनाएको छ। यसमा ब्रस, मञ्जन, गम्छा, साबुन, स्यानिटरी प्याड, प्रेसर कुकर, ब्ल्यांकेट, झुल, स्लिपिङ म्याट, पानीका जार डिस्पेन्सर र मग, चामल, तेल, दलहनलगायतका अत्यावश्यकी सामग्री उपलब्ध गराइएको विभागले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।