आज र भाेली काेशी, बागमती र गण्डकीमा वर्षा, पहिलेजस्तो हुँदैन : माैसम विभाग

मूलखबर संवाददाता
काठमाडौं, १७ असाेज

लगातारको वर्षा बाढी पहिराे र डुबानबाट आक्रान्त र क्षतविक्षत भएको जनजीवन सामान्य तर्फ गइरहेका बेला फेरि देशभर वर्षा भएको छ । आज देशभर मनसुनी वायुको प्रभावले वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भारतको उत्तर–पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालको मनसुनमा रहेको जानकारी दिएको छ।

अहिले बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

अहिले कोशी, बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाले आजकाे वर्षा धेरै लामाे नहुने र अघिल्लो जस्तो नहसने बताएको छ तर पनि जनजीवन त्रसित देखिन्छ ।