
बाढी, पहिराे र डुबानमा परी २ सय १७ काे मृत्यु, २८ वेपत्ता, १सय ४३ घाइते
गत बिहीबारदेखि आईतबारसम्म परेको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् ।
माैसम र विपदकाे सम्भावित पुर्व जानकारी हुँदासमेत सरकारले पर्याप्त पुर्व तयारी नगर्दा र जनताप्रति उदासिन देखिँदा धेरै मानविय र जनधनकाे क्षति भएको देखिएकाे छ ।
