माैसम : तराईमा हुरीबतास, केही प्रदेशमा अझै वर्षाकाे सम्भावना

मूलखबर संवाददाता
काठमाडौं, १३ असाेज

तीादिनसम्म लगातारको वर्षाले थिलाेथिलाे भएको देशभरकाे जनजीवन हिजने शनिबारदेखि राेकिएकाे वर्षाले थाेरै राहत महसुस गरेतापनि आज केही प्रदेशमा अझै वर्षा हुने सम्भावना देखिएको छ ।

देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ ।