३१ वर्षपछि खाेलियाे कुलेखानी ड्यामका २ ढाेका, घट्दैछ जल सतह

मूलखबर संवाददाता
ललितपुर, १२ असाेज

मानवनिर्मित सबैभन्दा ठूलाे ड्याम कुलेखानीकाे निर्धारित सतह पार गरेपछि ३१ वर्षपछि पहिलोपटक कुलेखानीकाे २ वटा ढाेका खाेली पानी फालिएको छ ।

शनिबार बिहान ४:५० बजेको समयबाट कुलेखानी जलाशय भरिएर ओभर फ्लो भएको कुलेखानी जलविद्युत आयोजनाले जनाएको छ ।

जलाशयको क्षमताभन्दा बढी पानी संकलन भएको र पानी पर्ने क्रम झनै बढेपछि जलासयको दुवै ढोका आम्सिक रुपमा खुला गरेको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिएका छन् ।

लगातारको वर्षाका कारण खतराको चिन्ह पार गरेको इन्द्रसरोवरको दुइवटा ढोका खोलेपछि सरोवरको जलसतह घटन थालेको छ।

भरिएर १ हजार ५३१ मिटर पुगेको जलसतह १ हजार पाँच सय ३०.६९ मिटर आइपुगेको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । जलासयको दुबै ढोका आम्सिक रुपमा खुला गरेपछि पानीको सतह घट्न थालेको हो । प्रमुख तारादत्त भट्टले सरोवरको दुबै ढोका साढे चार मिटर खोलिएको जानकारी दिए ।

उनका अनुसार समुन्द्री सतहदेखी १ हजार ५ पाँच सय ३० मिटर पानी संकलनको क्षमता रहेको जलाशयमा आज बिहान् ४:५० बजे १ हजार पाँच सय ३१ मिटर पुगेको थियो । ड्यामको दुबै ढोका खोलेपछि अहिले बिहान् ८:३० बजेसम्ममा जलसतह १ हजार पाँच सय ३९.६९ मिटरसम्म आइपुगेको छ ।