यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
वर्षाले कुलेखानी ड्याम भरिँदै, तटीय क्षेत्रमा बढ्याे खतराकाे सम्भावना. मूलखबर संवाददाता काठमाडौं, ११ असाेज बिहीबारदेखि भएको वर्षाले देशकै सबैभन्दा ठुलो मानव निर्मित ताल (कुलेखानी जलाशय) भरिन लागेकाे छ । जलासय आसपास क्षेत्रमा अत्यधिक वर्षा भएपछि शनिबार रातिसम्म कुलेखानी ड्याम भरिन सक्ने सम्भावना देखिएकाे हाे ।. कुलेखानी ड्याममा हाल १ हजार ५२६.६६ मिटर पानीको तह मापन गरिएको छ । ३०० मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको जलाशयमा समुद्री सतहबाट १ हजार ५३० मिटरसम्म पानी भण्डारणको क्षमता रहेको छ । शुक्रबार ५ बजेसम्ममा कुलेखानीमा पानीको सतह १ हजार ५२५ मिटर मापन गरिएको कुलेखानी जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।. अनुसार कुलेखानीमा हालप्रति ३ घण्टामा १ मिटर पानी भरिएको छ । हालकै गतिमा वर्षा भइरहेको खण्डमा कुलेखानीमा पानीको सतह ७/८ घण्टामा भरिने उनले बताए । कुलेखानीमा पानीको सतह भरिएपछि आफै ओभर प्लो हुने र ड्याममा जोखिम देखिए मात्र ढोका खुला गरिने उनको भनाई छ ।. कुलेखानीकाे ड्याम भरिन लागेकाे खबरसँगै तल्लो तटीय क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ ।.
वर्षाले कुलेखानी ड्याम भरिँदै, तटीय क्षेत्रमा बढ्याे खतराकाे सम्भावना
मूलखबर संवाददाता
काठमाडौं, ११ असाेज
बिहीबारदेखि भएको वर्षाले देशकै सबैभन्दा ठुलो मानव निर्मित ताल (कुलेखानी जलाशय) भरिन लागेकाे छ । जलासय आसपास क्षेत्रमा अत्यधिक वर्षा भएपछि शनिबार रातिसम्म कुलेखानी ड्याम भरिन सक्ने सम्भावना देखिएकाे हाे ।
कुलेखानी ड्याममा हाल १ हजार ५२६.६६ मिटर पानीको तह मापन गरिएको छ । ३०० मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको जलाशयमा समुद्री सतहबाट १ हजार ५३० मिटरसम्म पानी भण्डारणको क्षमता रहेको छ । शुक्रबार ५ बजेसम्ममा कुलेखानीमा पानीको सतह १ हजार ५२५ मिटर मापन गरिएको कुलेखानी जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
अनुसार कुलेखानीमा हालप्रति ३ घण्टामा १ मिटर पानी भरिएको छ । हालकै गतिमा वर्षा भइरहेको खण्डमा कुलेखानीमा पानीको सतह ७/८ घण्टामा भरिने उनले बताए । कुलेखानीमा पानीको सतह भरिएपछि आफै ओभर प्लो हुने र ड्याममा जोखिम देखिए मात्र ढोका खुला गरिने उनको भनाई छ ।
कुलेखानीकाे ड्याम भरिन लागेकाे खबरसँगै तल्लो तटीय क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ ।