वर्षाले देशभरकाे जनजीवन प्रभावित, राजधानी काठमाडौं जलमग्न, नदीकिनारका बस्ती डुबानमा

मूलखबर संवाददाता
काठमाडौं, ११ असाेज २०८१

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशव्यापी जनजिवन प्रभावित भएको छ ।

वर्षाले राजधानी काठमाडौंकाे जनजिवन पनि पुर्ण रूपमा प्रभावित बनेकाे छ । सडकहरू जलमग्न भएका छन् भने नदिहरूमा जल सतह बढेर बाढि आउँदा किनारका बस्तीहरू डुवानमा परेका छन् ।

जल तथा मौषम विज्ञान विभागले खोकना, गौरीघाट, बल्खु खोला, बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

विभागले ललितपुर, मकवानपुर, सर्लाही र रौतहटको नदी तटीय क्षेत्रहरूमा शनिबार दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरेकाे छ ।