इजरायली आक्रमणको कारण लेबनानका ९० हजार बढि विस्थापित

मूलखबर संवाददाता
काठमाडौं, १० असाेज

संयुक्त राष्ट्रसङ्घले सोमवारयता लेबनानमा ९० हजारभन्दा बढी मानिस विस्थपित भएका जनाएको छ।

बीबीसीका अनुसार इजरायली सेनाले दक्षिणी लेबनान र बेक्का क्षेत्रमा “व्यापक” हमलाहरूको नयाँ लहर सुरु गर्ने जनाइरहँदा राष्ट्रसङ्घको तथ्याङ्क सार्वजनिक भएको हो।

लेबननको स्वास्थ्य मन्त्रालयले बुधवारको इजरेली हवाई हमलाहरूमा मात्रै ५१ जनाको ज्यान गएको जनाएको छ।

इरान समर्थित हिज्बुल्लाहले आफूले इजरेली “आक्रमण” रोकिरहेको र प्यालेस्टाइनसँग ऐक्यबद्धता रहेको जनाएको छ। इजरेलले भने हिज्बुल्लाहको खतरा हटाउने उद्देश्य राखिएको जनाएको छ।

इजरेलले लेबननमा हिजबुल्लाहविरुद्धको कारबाहीमा सेनाका थप दुई रिजर्भ ब्रिगेड परिचालन गर्न लागिएको जनाएको छ।

इजरेलका उत्तरी कमाण्डका प्रमुख मेजर जनरल ओरी गोर्डिनले आफूहरू कारबाही अभियानको नयाँ चरणमा प्रवेश गर्न लागेको र त्यसका निम्ति आफ्नो सेना पूर्ण रूपमा तयार हुनुपर्ने बताए।

इजरेलले हिजबुल्लाहविरुद्ध थप व्यापक हवाई आक्रमणहरू जारी राख्दा हिजबुल्लाहले पनि उत्तरी इजरेलमा जबाफी आक्रमण गरिरहेको छ।

यसअघि बुधवार नै हिजबुल्लाहले तेल अभिवलाई लक्ष्यित गरी प्रहार गरेको बलिस्टिक क्षेप्यास्त्रलाई इजरेलले विफल पारिदिएको थियो।

जेरुसेलमबाट बीबीसी सम्वाददाता योलान्ड नेल भन्छिन्, “जस्तालाई तस्तै भन्ने किसिमले जबाफी कारबाहीहरूको आदानप्रदान भइरहेको देख्न सकिन्छ ।