नेपालले बीआरआईलाई कार्यान्वयन गर्नुपर्छ : हिरण्यलाल श्रेष्ठ
परराष्ट्रविद् तथा पुर्व राजदूत हिरण्यलाल श्रेष्ठले नेपालले बीआरआईलाई कार्यन्वयन गर्न हिच्किचाउन नहुने बताएका छन् ।
नयाँ चीन स्थापनाकाे ७५ ओैं वार्षिकोत्सबका अवसरमा नेपाल चीन मैत्री युवासंघकाे आयाेजनामा भएकाे बीआरआई अवसर र चुनाैती विषयक अन्तरक्रियामा आफ्नो धारणा राख्दै परराष्ट्र विद श्रेष्ठले बीआरआईले नेपालकाे विकासकाे लागि र समृद्धिकाे लागि महत्त्वपूर्ण भुमिका खेल्न सक्ने बताए ।
उनले नेपालले पुरै अनुदानकाे रूपमा भन्दा पनि सफ्ट लाेनकाे रूपमा बीआरआईलाई कार्यन्वयन गर्नुपर्ने बताए । बीआरआई परियाेजनामार्फत नेपाल र चीनकाे द्विपक्षीय सम्वन्ध सुदृढ हुने र नेपालकाे पुर्वाधार निर्माणमा धेरै टेवा पुग्ने मात्रै नभई विकासका क्षेत्रमा कायापलट हुने परियाेजना निर्माण गर्न नेपालले तत्काल बीआरआई अगाडि बढाउन जरुरी भएको श्रेष्ठको भनाई छ ।