शैक्षिक याेग्यताकाे प्रमाण जुटाउन नसकेपछि राजदूतबाट भट्टराईले लिए नाम फिर्ता

मूलखबर संवाददाता
काठमाडौं, ८ असाेज

सरकारले कस्ता व्यक्तिलाई राजदूत सिफारिस गरेको रहेछ भनेर प्रष्ट हुने घटना श्रीलंकाका लागि प्रस्तावित राजदूतकाे नाम फिर्ताबाट देखिएको छ ।

श्रीलंकाका लागि सरकारले प्रस्ताव गरेर सुनुवाइ समितिमा पुगेका  रामकृष्ण भट्टराईले राजदूतबाट आफ्नो नाम फिर्ता लिएका छन्।

राजदूतका लागि चाहिने स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि उनले मंगलबार नाम फिर्ता लिएका हुन् । साे जानकारी संसदीय सुनुवाइ समितिलाई उनलेे  गराएका हुन्।

उनलेे प्रमाण जुटाउन नसक्ने विशिष्ट परिस्थिति पैदा भएको भन्दै आफ्नो नाम फिर्ता लिएको सचिवालयले जनाएको छ ।